Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • राष्ट्रपति भण्डारीले राष्ट्रिय सभामा सम्बोधन गर्ने


    बिहिबार, असार १७ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले माथिल्लो सदन राष्ट्रिय सभालाई सम्बोधन गर्ने भएकी छन् ।

    बिहीबार सुरु हुन लागेको हिउँदे अधिवेशन अघि बसेको  कार्यव्यवस्था परामर्श समितिको बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति भण्डारीले राष्ट्रिय सभामा सम्बोधन गर्न लागेको जानकारी दिएका हुन् । 

    बिहीबार अपरान्ह ४ बजे राष्ट्रिय सभाको आठौँ अधिवेशन सुरु हुँदैछ । सो अधिवेशनको पहिलो बैठकको कार्यसूचीबारे छलफल गर्न बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय सभा बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्न लागेको जानकारी दिएका हुन् ।

    राष्ट्रपति भण्डारीको सम्बोधनको मिति भने तय हुन बाँकी रहेको छ । तर, आउँदो आइतबार वा सोमबारतिर राष्ट्रपतिको सम्बोधन गराउने गरी तयारी भने थालिएको छ । राष्ट्रपति भण्डारीको चासोअनुसार सम्बोधनको तयारी थालिएको हो । 

    दुईपटक तल्लो सदनको रुपमा लिइने प्रतिनिधि सभा विघटन गरेकी राष्ट्रपति भण्डारीले माथिल्लो सदन राष्ट्रिय सभामा भने सम्बोधन गर्न लागेकी हुन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार