Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लकडाउन कडा गर्दै सरकार, जिल्लाभित्र दिइएको सवारी पास पनि खारेज


    बिहिबार, जेष्ठ १ २०७७
    715
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, १ जेठ । गृह मन्त्रालयले जिल्लाभित्र सवारी सञ्चालन गर्न दिइएको पास पनि खारेज गर्ने निर्णय गरेको छ । काठमाडौं बाहिरबाट पासको दुरुपयोग गर्दै कोरोना संक्रमितलाई ओसारेको पाइएपछि जिल्लाभित्रको पास पनि खारेज गर्ने निर्णय गरेको छ । काठमाडौंका कोरोना संक्रमित कन्चनपुरबाट सशस्त्र प्रहरीको गाडीमा आएको खुलेको छ भने भक्तपुरमा देखिएका संक्रमित पनि काठमाडौं उपत्यकाबाहिरबाट आएको खुलेपछि प्रमुख जिल्ला अधिकारीले दिएका गाडीका पास रद्द गरिएका हुन् ।  

    गृह मन्त्रालयमा आज बसेको बैठकले जिल्लाभित्र लागू हुने गरी जिल्ला प्रशासन कार्यालयहरुले वितरण गरेको पास पनि खारेज गर्ने निर्णय गरेको हो ।

    यसअघि गृहले एक जिल्लाबाट अर्कोे जिल्ला हिँड्ने गरी वितरण भएका सबै पास बिहीबारबाट खारेज गरिसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार