Nepal Face
  • आइतबार, १० साउन २०८३
  • फेरी ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति ?


    बिहिबार, असार १७ २०७८
    800
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बिहिबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबार तोलामा ६ सय रुपैयाले घटेको सुनको मूल्य आज तोलामा ८ सय रुपैयाँले बढेको हो ।

    बुधबार प्रतितोला ९० हजार रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज बढेर तोलाको ९० हजार ८ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

    त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    त्यस्तै आज चाँदीको मूल्य तोलाको १ हजार ३ सय १० रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार