Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • डीआइजीमा एक दरबन्दी थप्दै सरकार, थापा र भण्डारी बढुवाका प्रबल दाबेदार


    बिहिबार, असार १७ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौ । नेपाल प्रहरीमा सहकुलबहादुर थापा एआइजीमा बढुवा भइसकेपछि एक डिआईजी पद रिक्त हुनेछ । डिआइजी थापाको एआइजी बढुवा सिफारिस भइसकेको छ । संभवतः आज बस्ने मन्त्रिपरिषद बैठकले उनको बढुवा गर्नेछ ।

    थापाको बढुवापछि रिक्त एक डीआइजीका लागि ५ एसएसपीबीच चर्को प्रतिस्पर्धा छ । डीआइजी बढुवाका दाबेदार एसएसपीहरुमा सन्दीप भण्डारी, उमेश जोशी, टेकप्रसाद राई, श्याम ज्ञवाली र दीपक थापा छन् । बढुवाको दौडमा ११ नम्बरका एसएसपी भीमबहादुर ढकाल पनि शक्तिकेन्द्रतिर लागेका छन् । यीमध्ये राजनीतिकदेखि गृहमन्त्रालयसम्म पहुँच भएका दीपक थापा नै भएकाले उनको बढुवा निश्चित भएको प्रहरीमा चर्चा छ । पूर्वआइजीपी सर्वेन्द्र खनालदेखि हालका शैलेश थापाले कार्यसम्पादन मूल्यांकन नम्बर राम्रो दिएकाले उनको बढुवाको संभावना प्रबल रहेको बताइन्छ ।

    एआइजीमा जस्तै एक दरबन्दी थप गराई भावी नेतृत्वमा प्रतिस्पर्धा गराउने तर्क पनि हुँर्दआएको छ । एसएसपी भण्डारी एक डीआइजीको दरबन्दी थप्ने र आफू पनि बढुवा हुने दाउमा छन् । उनका दाजु प्रदेश नम्बर १ का सभामुख प्रमोद भण्डारीको भिटो प्रयोग गरी उनी दरबन्दी थपेर बढुवा गर्न लागेका छन् ।

    टेकप्रसाद राईको लागि प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईको जोड रहेको छ । श्याम ज्ञवाली अर्थमन्त्री बिष्णु पौडेल र लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलमार्फत् बढुवाका लागि पहल गरिरहेका छन् । यद्यपि रुपन्देहीको एसपी हुँदा पौडेलसँगको उनको सम्बन्ध त्यति सुमधुर नरहेको बताइन्छ । काठमाडौंको एसएसपीमा पनि उनी विवादरहित हुन सकेनन् । उनी अवधि नपुग्दै तानिएका थिए ।

    नक्कली नोटदेखि सुन तस्करी गर्नेहरुसँग कनेक्सन भएका ठूलो रकमको हुन्डी कारोबार गर्ने विकास अग्रवाललाई जोगाएको आरोप उनीमाथि लागेको थियो ।  २०७७ असार ७ गते न्यूरोडको समृद्ध बचत तथा ऋण सहकारी संस्थाबाट पैसा निकालेर लाने क्रममा हुन्डी कारोबारी विकास अग्रवालको १० लाख रकम घुमुवा प्रहरी हवल्दार धिरेन्द्र विष्ट र जवान विक्रमकुमार चन्दले लुटेको आरोपमा प्रहरीले उनीहरुबिरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिसकेको गर्यो  । साथै प्रहरीलाई सूचना दिने सरकारीका पूर्व कर्मचारीसौरभ अधिकारी र हाल कार्यरत रेणु श्रेष्ठबिरुद्ध पनि डकैती मुद्दा दायर गरेको गर्यो। तर प्रहरीले हुन्डी कारोबारी विकास अग्रवाललाई भने उन्मुक्ति मात्र दिएन, उल्टै जाहेरवाला बनाई उनको निवेदनको आधारमा प्रहरी र सहकारीका कर्मचारीलाई डकैती मुद्दा दायर गरेको थियो । 

    प्रहरीले जाली नोट कारोबारी इल्ताफ हुसेन अन्सारीलाई पक्राउ गर्दा विकास अग्रवालको पनि उनीसँग कनेक्सन देखिएको थियो । सुनमा चाँदीको जलप लगाएर नेपालबाट भारत तस्करी गर्ने निलेश सखियासँग पनि विकास अग्रवालको सम्बन्ध खुलेको थियो । निलेशले भारतबाट विकास अग्रवाललाई नै हुन्डी गरी रकम पठाउने र त्यसबाट सुन खरिद गरी चाँदीमा जलप लगाउँदै भारत तस्करी गर्ने गरेको प्रहरी अनुसन्धानमा खुलेको थियो । तर सुन प्रकरणमा अग्रवालको कनेक्सन देखिएपछि ज्ञवालीकै डिजाइनमा विकासलाई भगाइएको थियो । अहिलेसम्म पनि विकास फरार छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार