Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध


    बिहिबार, असार १७ २०७८
    920
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन। नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा माथिबाट पहिरो खसी सडक दुईतर्फी अवरुद्ध भएको हो ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार पानी निरन्तर परिरहेको र पहिरोसमेत झरिरहेकाले पन्छाउन कठिन भएको छ । पहिरो आज राति २ः१० बजे खसेको हो । यस क्षेत्रमा निरन्तर पानी परिरहेको छ  ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार