Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ब्यवसायी अमित श्रेष्ठ भन्छन्–कञ्चन खत्रीले अंश लिइसकेकी छन्, मेरा बिरुद्ध किन मिडियाबाजी ?


    बुधबार, असार १६ २०७८
    1.9K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • २०७८ बैशाख १० गते नेपाल फेस डट कम अनलाइमा प्रकाशित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । ‘श्रीमती थुनामा व्यापारी श्रेष्ठले गरे प्रहरी दुरुपयोग’ शीर्षकमा प्रकाशित समाचारभित्र ३३ किलो सुन तस्करी र सनम शाक्यको हत्यामा बाजेको सेकुुवाका संचालकसँगको संलग्नता, मिटर व्याजमा आवद्ध, अफगानिस्तानबाट अवैध सम्पत्ति लिई फर्किएको जस्ता भ्रामक, कपोकल्पित तथा तथ्यहीन समाचार प्रकाशन गरिएकोप्रति केही दिनअघि मेरो जानकारीमा आएकोले गम्भीर ध्यानाकर्षण भएको छ ।

    एकतर्फी रुपमा प्रकाशित यस्ता कपोकल्पित, तथ्यहीन भ्रामक समाचारले म र मेरो परिवारको समेत सामाजिक प्रतिष्ठामाथि गम्भीर आँच पुग्न गएको छ । तपाईको अनलाइनमा प्रकाशित समाचारमा मेरो कनै संलग्नता र सहभागिता छैन । म सँग जोडेर प्रकाशित समाचारमा सरोकार नै नभएका राजनीतिक व्यक्ति, प्रहरी प्रशासनलाई समेत अनावश्यक रुपमा मुछी अतिरन्जित समाचार प्रकाशन गरिनु पत्रकारिताको धर्म र मान्यता विपरीत हुन आउने प्रष्ट देखिन्छ ।

    समाचार प्रकाशन गर्नुपर्व समाचारसँग सरोकार व्यक्तिसँग समेत कुनै प्रतिक्रिया नलिई एकतर्फी रुपमा स्वच्छाचारी समाचार सम्प्रेषण भएबाट पत्रकारिताको मृ्ल मर्म र भाबना प्रतिकुल रहेको प्रष्ट छ । बस्तुनिष्ट प्रमाण बेगर अनगर्ल तथ्य उल्लेख गरी समाचार सम्प्रेषण गर्नु आचारसंहिता बिपरीत समेत हुन जान्छ । समाचार उल्लेख ब्यक्ति कञ्चन खत्रीले मसँग कानुन वमोजिम सम्बन्धित मालपोत कार्यालयबाट लिखत रजिष्टे«ेसन पारित गरी अंश वुझी लिइसकेको अवस्था छ । र, एकपटक कानुन बमोजिम अंश बुझी लिइसकेपछि पनि एक बर्षको नाबालक बच्चालाई ढाल बनाई अनावश्यक दुःख दिन र सम्पत्तिमा कुदृष्टि राखी सम्मानित काठमाडौं जिल्ला अदालतमा अंश मुद्दा गरी उक्त मुद्दामा पनि दाबी पुर्याउन नसक्ने भनी साविक मुलुकी ऐन अंशबण्डाको ९२ नं बमोजिम मिति २०७६ कात्तिक १८ मा सम्मानित काठमाडौं जिल्ला अदालतबाट मुद्दा फिर्ता लिइसकेको अबस्था छ । 

    कानुन बमोजिम अंश बुझिलिने र मुद्दा फिर्ता भइसकेको अबस्थामा पनि मेरो सम्पत्तिमाथि सम्पत्ति पाउने महत्वकांक्षा राखी पुनः सोही विषयमा निज कञ्चन खत्रीले काठमाडौं जिल्ला अदालतमा अंश चलन मुद्दा दर्ता भई मेरो प्रतिउत्तर समेत परी विचाराधीन अवस्थामा रहेको छ । उक्त विचाराधीन मुद्दामा समेत असर पुग्नेगरी समाचार सम्प्रेषण हुनु सम्मानित जिल्ला अदालतको अपहेलना समेत हुनु जाने प्रष्ट देखिन्छ ।

    सम्पादकज्यू, यी र यस्ता काल्पनिक, तथ्यहीन र भ्रामक समाचार प्रकाशन गर्दा तपाईको संचार गृहको समेत सम्मान र विश्वसनीयतामा गम्भीर धक्का पर्न जाने र  त्यस्ता समाचारले म र मेरो परिवारका साथै म आवद्ध संस्थामा समेत गम्भीर असर पुग्ने हुँदा कानुन बिपरीत उक्त तथ्यहीन तथा प्रमाणहीन समाचार तपाईको अनलाइनका साथै सामाजिक सन्जालबाट तत्काल हटाउन आग्रह गर्दछु । 
             

    अमित श्रेष्ठ, काठमाडौं  

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार