Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राउटे युवतीमाथि यौनहिंसा गर्ने तीनै जना जेल चलान


    बुधबार, असार १६ २०७८
    805
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । राउटे युवतीमाथि यौन दुव्र्यवहार गर्ने तीन जनालाई कारागार चलान गरिएको छ ।

    जिल्ला अदालत सुर्खेतका न्यायाधीश डिलप्रकाश सापकोटाको इजलासले गुर्भाकोट—९ का चौमन घर्ती, भूपेन्द्र बुढा र मिलन भनिने मनबहादुर पुनलाई पूर्पक्षका लागि कारागार चलान गर्न आदेश गरेको हो ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार अदालतको आदेशपछि तीनै जनालाई आज जिल्ला कारागार सुर्खेत चलान गरिएको छ ।

    फिरन्ते राउटे समुदाय गुर्भाकोट नगरपालिकामा रहँदा १९ र २३ वर्षीय युवतीलाई उनीहरुले जेठ २१ गते स्थानीय बोटेचौरस्थित एक होटलमा लगेर यौनहिंसा गरेको भिडियो सामाजिक सञ्जालबाट सार्वजनिक भएको थियो ।

    घटनाको दुई दिनपछि प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको थियो । प्रहरीले ती युवाविरुद्ध मानव ओसारपसार, यौन दुव्र्यवहार र जबर्जस्ती करणीको मुद्दा दर्ता गरेको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार