Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • ऐतिहासिक कामका कारण एमाले झन् लोकप्रिय बन्दै गएकाे ओलीकाे दावी


    बुधबार, असार १६ २०७८
    745
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका ऐतिहासिक कामका कारण नेकपा एमाले जनता माझ झन् लोकप्रिय हुँदै गएको बताएका छन् ।

    बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दशौँ महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दे उनले वर्तमान सरकारले ऐतिहासिक रुपमा अभूतपूर्व ढंगले विकास निर्माणको गतिलाई अघि बढाएका कारण जनतामा लोकप्रिय हुँदै गएको बताएका हुन् ।

    उनले भने, ‘योजनावद्ध दृष्टिकोणसहितको विकासको तीब्र आकांक्षा र त्यस आकांक्षालाई व्यवहारमा परिणत गर्ने हाम्रो प्रतिवद्धता र तदनुसारको क्रियाकलापहरुले हाम्रो पार्टी झन् बढी लोकप्रिय हुँदै अगाडि बढिरहेको छ ।’

    सरकारले राम्रो काम गरेर जनता माझ लोकप्रिय हुँदै जाँदमा पार्टीभित्र बेग्लै योजना बन्दै गएको र ती योजनाहरु व्यवहारमा भद्दा ढंगले प्रकट हुँदै आएको टिप्पणी उनले गरे ।

    उनले, ‘खासगरि सञ्चारमाध्यममा पार्टीका नीतिहरु अनि पार्टी नेतृत्वको धज्जी उडाउने, गाली बेइजति र अपमान गर्ने र सरकारले गरेका राम्रा उपलब्धिहरुको चर्चा नगर्ने लगायतका थुप्रै प्रयासहरु चलिरहे, प्रचारात्मक ढंगले। यस्ता कुराले जनतामा वितृष्णा र नैराश्यता पैदा भएको छ । जनता दुःखी छन् र निराश छन् ।’

    प्रधानमन्त्री ओलीले सरकारको नेतृत्वको दुई वर्षपछि पार्टीभित्रैबाट पदीय आकांक्षाका लागि असाधारण अस्वस्थता सुरु भएको दाबी गरे ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार