Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जातीय विभेदलाई प्रश्रय दिएको भन्दै विवादमा परेका शिक्षा मन्त्री भने– आइन्दा यस्तो गर्दिनँ


    बुधबार, असार १६ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । जातीय विभेदलाई प्रश्रय दिएको आरोप लागेका शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले गल्ती महसुस भएको भन्दै आइन्दा यस्तो गल्ती नगर्ने बताएका छन् ।

    राष्ट्रिय मानव अधिकार आयोग पदाधिकारीहरुसँगको छलफलमा मन्त्री श्रेष्ठले गल्ती गरेको महसुस भएको र आइन्दा यस्तो गल्ती नगर्ने बताएका हुन् ।

    जातीय विभेद गरेको आरोपमा पक्राउ परेकी घरबेटीलाई मन्त्रीको झण्डावाल गाडीमा राखेर लगेपछि मन्त्री श्रेष्ठ विवादमा तानिएका थिए ।

    आयोगले सो प्रकरणमा मन्त्री श्रेष्ठलाई मंगलबार आयोगको कार्यालयमा बोलाएर छलफल गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार