Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पाँच विद्यार्थी संगठनले आज देशभर विरोध प्रदर्शन गर्दै


    बुधबार, असार १६ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । विपक्षी गठबन्धनका दलनिकट पाँच विद्यार्थी संगठनहरुले संयुक्त रूपमा आज देशभर विरोध प्रदर्शन गर्दैछन् ।

    विपक्षी गठबन्धनका दलनिकट विद्यार्थी संगठनहरुले आज दिउँसो प्रतिनिधिसभा विघटनविरुद्ध विरोध प्रदर्शन गर्ने भएका हुन् । 

    नेपाली कांग्रेस निकट नेवि संघ, माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन, राष्ट्रिय जनमोर्चानिकट अखिल (छैठौं) लगायतले संयुक्त रुपमा विरोध प्रदर्शन गर्ने भएका हुन् । 

    आज बिहान ११ बजेपछि  ५ विद्यार्थी संगठनका स्थानीय नेतृत्वको अगुवाइमा प्रतिगमनविरुद्ध प्रदर्शन गर्न लागिएको हो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार