Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रुसमा  २४ घण्टामै झण्डै १० हजारमा कोरोना संक्रमण


    बिहिबार, जेष्ठ १ २०७७
    580
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, १ जेठ ।  कोरोना भाइरस ९कोभिड–१९० बाट रुसमा संक्रमित हुने मानिसको संख्या दुई लाख ५० हजार नाघेको छ ।

    रुसले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा नौ हजार नौ सय ७४ नयाँ संक्रमित फेला परेका छन् । यससँगै रुसमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई लाख ५२ हजार नाघेको छ ।

    यद्यपि नयाँ संक्रमितको संख्यामा भने कमी आएको छ । रुसमा पछिल्लो १२ दिनमा पहिलोपटक नयाँ संक्रमितको संख्या १० हजारभन्दा कम देखिएको हो । रुस अमेरिकापछि सबैभन्दा धेरै संक्रमित भएको मुलुक हो ।

    पछिल्लो २४ घण्टामा रुसमा ९३ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ । यससँगै रुसमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि दुई हजार तीन सय पाँच पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार