Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जसपा विवाद कायमै, ठाकुर–महतो समूहको कार्यकारिणी समिति बैठक बस्दै


    बुधबार, असार १६ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो समूहको कार्यकारिणी समितिको बैठक आज बस्दै छ ।

    दिउँसो १ बजे बस्ने सो बैठकमा निर्वाचन आयोगसँग जोडिएको पार्टीको विवाद र समूहभित्रको असन्तुष्टिका सम्बन्धमा छलफल हुने बताइएको छ । जसपाको वैधानिकताको विवाद अहिले निर्वाचन आयोगमा छ ।

    जसपाको ठाकुर–महतो समूह दबाबमा छ । आफ्नै समुहका नेताहरुबीच असन्तुष्टि बढेपछि समस्या बढ्दै गएको हो ।

    सर्वोच्च अदालतको गत असार ८ गतेको आदेशले सरकार छोड्न बाध्य हुनुभन्दा अघिदेखि नै ठाकुर–महतो समूहभित्र असन्तुष्टि बढेको थियो । पार्टीको विवादबारे राय बुझ्न निर्वाचन आयोगले दुवै समूहलाई असार २२ गते बोलाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार