Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • निगमका जहाजले अन्तरराष्ट्रिय क्षेत्रमा हुलाकका चिठ्ठीपत्र लैजाने


    मंगलबार, असार १५ २०७८
    655
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तरराष्ट्रिय क्षेत्रमा सामान तथा चिठ्ठीपत्र ओसार प्रसार गर्ने भएको छ ।

    उक्त सेवा सञ्चालन सम्बन्धी निगम र हुलाक सेवा विभागबीच आज सम्झौतामा हस्ताक्षर भएको निगमले विज्ञप्ति मार्फत जनाएको छ । सम्झौतामा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेल र विभागका तर्पबाट महानिर्देशक आभा श्रेष्ठ कर्णले हस्ताक्षर गरेका थिए।

    सन् २०२१ जुलाई १ देखी लागू हुने सो सम्झौता अन्तर्गत विभागले सेवा प्रदान गर्ने र निगमका उडान हुने सम्पूर्ण गन्तव्यमा अब निगम मार्फत मात्र सामान तथा चिठ्ठीपत्र ढुवानी हुनेछन् । यसअघि विभागले विभिन्न विदेशी हवाई कम्पनी मार्फत सो काम गराईरहेको थियो । यो सेवाबाट विदेशी हवाई सेवा कम्पनीलाई भुक्तानी भइरहेको करोडौं रुपैया देश भित्रै रही विदेशी मुद्रा सञ्चितीमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

    निगमले विभिन्न सात देशका नौ गन्तव्यमा अन्तरराष्ट्रिय उडान गर्दै आएको छ । हाल दुई वाइड बडी र दुई न्योरोबडी जहाज मार्फत उडान भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार