Nepal Face
  • आइतबार, १० साउन २०८३
  • महामारीका कारण भोकै बस्ने अवस्थामा २० परिवारलाई अमेरिका निवासी सेन्दाङको खाद्यान्न सहयोग


    मंगलबार, असार १५ २०७८
    800
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेपालमा गएको बैशाखबाट सुरु भएको कोरोनाको दोस्रो लहरले दैनिक २ सय ७५ जनाको ज्यान गयो । कोरोनाको दोस्रो लहरले दैनिक हजारौं संक्रमित हुन थालेपछि सरकारले २०७८ बैशाख ६ बाट निषेधाज्ञा लागू गर्यो । गतबर्ष कोरोना सुरु भएपछि दैनिक ज्याला मजदुरी गर्ने मजदुरलाई सरकारले खाद्यान्न सहयोग गरेको थियो । देशका सबै स्थानीय तहबाट कोरोनाकालमा न्यून आय भएकाले मात्र होइन, हुने खानेले समेत खाद्यान्न राहत लिए । सरकारले खाद्यान्न र राहतमा १० अर्ब रुपैयाँ खर्च गरेको बिबरण सार्वजनिक गर्यो । सरकारले १० अर्ब रकम खर्च गरेको विबरण सार्वजनिक गरेपछि भ्रष्टाचार भएको भन्दै आन्दोलन नै भएको थियो ।

    यसैबीच, कोरोनाको दोस्रो लहर सुरु भएपछि २ महिनादेखि निषेधाज्ञा छ । निषेधाज्ञाका कारण सहरी क्षेत्रका बिहान काम गरेर बेलुका खाने ज्याला मजदुरी गर्ने परिवार सबैभन्दा समस्यामा परेका छन् । कोरोनाको दोस्रो लहर सुरु भएपछि सरकारले निषेधाज्ञा त लागू गर्यो । तर दैनिक ज्याला मजदुरी गर्ने परिवारका लागि राहतको कुनै प्याकेज घोषणा गरेन । जसका कारण मजदुरहरु भोकभोकै बस्नुपर्ने अवस्थामा पुगे । काठमाडौं लगायत नेपालगंज जस्ता सहरमा राजनीतिक दल र तिनका भातृसंगठन, समाजसेवीहरुले मजदुर र बिपन्नका लागि दिनहुँ सहयोग जुटाएर सहुलियत भान्साघर चलाएर खाना खुवाए ।

    त्यस्तै, कोरोनाको दोस्रो लहरमा सरकारबाट पनि न्यून आय भएका मजदुरहरुका लागि राहतका कुनै पनि प्याकेज नल्याएको अवस्था छ । तर विबिध कारणले विदेशिएका नेपालीले भने सात समुद्र पारीबाट पनि भोकभोकै बस्न बाध्य भएका मजदुर परिवारका लागि सहयोग गरेका छन् । अमेरिका निवासी नरेन्द्रकुमार सेन्दाङ त्यस्तै परोपकारी भावनाले ओतप्रोत भएका ब्यक्तिमध्ये एक हुनुहुन्छ । उहाँले २ महिनादेखि जारी निषेधाज्ञाले काम गर्न जान नसकेका मजदुर र विपन्न परिवारलाई खाद्यान्न सहयोग गर्नुभएको छ ।

    सेन्दाङले अमेरिकाबाट पहिलो चरणमा ६५ हजार रुपैयाँ सहयोग पठाई बुद्धनगरका २० परिवारलाई खाद्यान्न सहयोग गर्नुभएको छ । सेन्दाङले पठाएको रकमबाट अन्जु बस्नेतले २० बिपन्न परिवारलाई खाद्यान्न खरिद गरी सहयोग गर्नुभएको छ । निषेधाज्ञाका कारण आर्थिक अभाव भएर भोकभोकै बस्ने अवस्थाामा पुगेका २० परिवारलाई १ बोरा चामलसहित आवश्यक तेल, दालसहितको  खाद्यान्न २०७८ जेठ ७ मा बुद्धनगर निम्न माध्यमिक विद्यालयमा बितरण गरिएको थियो ।  

    अमेरिकाको डल्लास, टेक्सासका सेन्दाङ कलाकार  र चलचित्र निर्माता हुनुहुन्छ । उहाँले नेपालमा कोरोना महामारीका कारण खानै नपाउने अवस्था भएका गरिब र बिपन्नलाई आफूले निरन्तर सहयोग गर्ने बताउनुभयो  । सेन्दाङले केही दिनअघि अपाङ्ग सेवा केन्द्रमा बस्नेहरुका लागि पनि सहयोग गर्नुभएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार