काठमाडाैं । मंगलबार थप २६३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन् ।
७ हजार २ सय ५९ जनामा पिसिआर परीक्षण गरिएकोमा १७२८ र ४४८९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०८ जनामा संक्रमण देखिएको हो ।
त्यस्तै थप २० जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा ४३४८ जना निको भएका छन्। योसँगै कोरोनाबाट निको हुनेको संख्या ५ लाख ९२ हजार ५ सय ३५ पुगेको छ ।