Nepal Face
  • आइतबार, १० साउन २०८३
  • फेरी ह्वात्तै घट्यो सेयर बजार, कारोबार रकममा पनि गिरावट


    मंगलबार, असार १५ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजार परिसूचक फेरी ह्वात्तै घटेको छ । मंगलबार नेप्से परिसूचक ४७.४९ अंक घटेर २८ सय २८ विन्दुमा रोकिएको छ ।

    अघिल्लो साता बेस्सरी घटेको सेयर बजार आइतवार र सोमवार बढेपछि सम्हालिने अपेक्षा लगानीकर्ताको थियो । तर, मंगलबार पुन: सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

    यस दिन कारोबार रकममा पनि कमी आएको छ । मंगलबार २ सय २३ कम्पनीको १ करोड ४० लाख ४४ हजार ३ सय ८१ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ७२ करोड बराबरको कारोबार भएको छ । यसअघि सोमबार ७ अर्ब ७२ करोड बराबरको कारोबार भएको थियो ।

    समूहगत हिसाबमा मंगलबार माइक्रोफाइनान्स बाहेक सबै समूहको सूचक राताम्मे बनेको छ । बैंकिङ, व्यापार, होटल तथा पर्यटन, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, नन लाइफ इन्स्योरेन्स, म्यानुफ्याक्चर एण्ड प्रोडक्ट लगायतका समूहको सूचक ऋणात्मक बनेको हो ।

    समग्र नेप्से घटेपनि यस दिन ओरियण्ट होटल, गुराँस लघुवित्त वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था, तारागाउँ रिजेन्सी होटल र सिभिल लघुवित्तको सेयर सर्वाधिक बढेको छ । 

    यस्तै मंगलवार प्रोग्रेसिभ फाइनान्स लिमिटेडको सेयर सर्वाधिक घटेको छ । उक्त कम्पनीको सेयर ८.५५ प्रतिशत घटेको छ ।

    यस दिन राधी विद्युत् कम्पनीको सर्वाधिक ४९ करोड ८३ लाख २५ हजार बराबरको सेयर कारोबार भएको छ । उक्त कम्पनीले प्रस्तावित ३६.५० प्रतिशत बोनस सेयर प्रयोजनका लागि मंगलवारदेखिनै बुक क्लोज गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार