हुम्ला। सडक खनिरहेको बेला पहिराेमा स्काभेटर पुरिँदा चालकको मृत्य भएको छ ।
जिल्लाको अदानचुली गाउँपालिका-५ को सेरामा सडक खन्ने क्रममा स्काभेटर पुरिँदा बर्दीया घर भएका २६ वर्षीय चालक सन्तोष थारूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी हेरम्ब शर्माले जानकारी दिए ।
डीएसपी शर्माका अनुसार स्थानीय र प्रहरी मिलेर चालकको शव निकालिएको छ । अहिले शव श्रीनगर स्वास्थ्य चौकीमा राखिएको छ । सोमबार बेलुका ६ बजेतिर सडक खन्ने क्रममा उक्त दुर्घटना भएको थियो ।