Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रक्सी पिएर विवाद भएपछि साथीको हत्या


    बिहिबार, जेष्ठ १ २०७७
    775
    Shares
  • १ मिनेट पाठ
  • जनकपुरधाम, १ जेठ ।  महोत्तरीको गौशाला नगरपालिका– ४, विर्ताका दिलीप ठाकुरको आफ्नै साथीबाट हत्या भएको खुलेको छ । उनी गत वैशाख २८ गते मृत फेला परेका थिए । अनुसन्धानपछि ठाकुरलाई उनकै साथी अरुण साहले हत्या गरेको खुलेको हो ।

    ४६ वर्षीय ठाकुर र २५ वर्षीय साह २८ गते बिहानै रक्सी पिएर घुम्न निस्केका थिए । सो क्रममा दुवैबीच विवाद भएको र साहले बासको भाटाले उनीमाथि प्रहार गरेको महोत्तरीका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

    ठाकुरको मृत्युपछि फरार अरुणकुमार साहलाई बुधबार नियन्त्रणमा लिइएको छ । एसपी अधिकारीका अनुसार, बयानका क्रममा उनले मदिरापानपछि भनाभन हुँदा बासको भाटाले प्रहार गरेको स्वीकारेका छन् ।

    साहलाई महोत्तरी जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान थालिएको एसपी अधिकारीले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार