Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोपा अमेरिका : बोलिभियामाथि अर्जेन्टिनाको जित


    मंगलबार, असार १५ २०७८
    760
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । ब्राजिलमा जारी कोप अमेरिका फुटबल अन्तर्गत उपाधिको दाबेदार अर्जेन्टिनाले बोलिभियामाथि फराकिलो जित निकालेको छ ।

    आज बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले बोलिभियालाई ४–१ गोल अन्तरले हराएको हो ।

    समुह चरणको अन्तिम खेलमा अर्जेन्टिनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले दुई गोल गरे । यस्तै, अलेजान्ड्रो गोमेज र लौटारो मार्टिनेजले एक एक गोल थपे ।

    बोलिभियाका लागि इर्विन सावेद्राले एक गोल फर्काए ।

    समुह एमा अर्जेन्टिनाले ४ खेलबाट १० अंक जोडेर शीर्ष स्थानमा छ । बोलिभिया अंक विहिन हुँदै तालिकाको पुछारमा छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार