Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • युरोकप फुटबल : क्रोएसियालाई पराजित गर्दै स्पेन पनि अन्तिम आठमा


    मंगलबार, असार १५ २०७८
    655
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत उपाधिको दाबेदार मानिएको स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

    सोमबार राति डेनमार्कको राजधानी कोपनहेगनमा भएको प्रि-क्वाटरफाइनल खेलमा क्रोएसियालाई ५-३ गोल अन्तरले पराजित गर्दै स्पेनले अन्तिम आठमा स्थान बनाएको हो ।

    रोमान्चक खेलमा स्पेनलाई जित दिलाउन पाब्लो सराबिया, सिजर अज्पिलिकुइटा, फेरान टोरेस, अल्भारो मोराटा र मिकेल ओयार्जाबलले एक एक गोल गरे ।

    क्रोएसियाका मिस्लाभ ओर्सिच र मारियो पासालीचले एक एक गोल गर्दा  एक गोल आत्मघाती उपहार पाएको थियो ।

    यससँगै स्पेन क्वाटरफाइनलमा पुग्ने पाँचौं टिम बनेको छ । अब स्पेनले अन्तिम आठमा स्विट्जरल्यान्डसँग खेल्नेछ ।

    स्पेनले समूह ‘ई’ बाट उपविजेता बन्दै नकआउट चरणमा स्थान बनाएको थियो भने क्रोएसियाले समूह ‘डी’ बाट उपविजेता बन्दै अन्तिम १६ मा स्थान पक्का गरेको थियो  । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार