Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बङगलादेशमा भएको विष्फोटनमा परेर सात जनाको मृत्यु, ५० घाइते


    मंगलबार, असार १५ २०७८
    875
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी। बङ्लादेशमा भएको विस्फोटनको घटनामा परी कम्तीमा ७ जनाको मृत्यु भएको छ भने अरु ५० जना घाइते भएका छन् ।

    व्यवसायीक भवनमा आइतबार ठूलो विस्फोटन भएपछि भवन भत्किएर घटना भएको अधिकारीहरूले जानकारी दिएका छन् ।  बङ्गलादेशको राजधानी ढाकामा भएको यस घटनामा परी घाइते भएकाहरुको स्थानीय विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।

    विस्फोटनको ठोस कारण अहिलेसमम पनि नखुलेको र अनुसन्धान भइरहेको ढाकाका प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।  ढाका महानगरीय प्रहरीका आयुक्त शाफिक्वाल इस्लामले घटनामा परी सात जनाको मृत्यु भएको पुष्टि गरे । 

    दुर्घटनामा परी घाइते भएका ५० जनामध्ये केहीको अवस्था गम्भीर रहेको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले जानकारी दिएका छन् ।

    सो व्यवसायीक भवनमा भएको विस्फोटनका कारण सँगै रहेका अन्य भवनहरुमा पनि क्षती पुगेको पाइएको छ । दुई ओटा बस भने अधिकांश क्षती भएको छ । घटनाका बारेमा अनुसन्धान गर्न सरकारी तवरबाट पाँच सदस्यीय छानविन समिति गठन गरिएको अधिकारीहरुले जनाएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार