Nepal Face
  • शनिबार, ९ साउन २०८३
  •   भिसा उल्लंघन गर्नेलाई जरिवानामा छुट दिने यूएईको निर्णय


    बिहिबार, जेष्ठ १ २०७७
    715
    Shares
  • २ मिनेट पाठ
  •  काठमाडौं, १ जेठ।  रोजगारीको लागि संयुक्त अरब इमिरेट्स (यूएई) पुगेका विदेशी नागरिकालाई  सबै किसिमको भिसा  उल्लंघन गर्नेलाई जरिवानामा छुट दिने निर्णय गरेको छ । यूएईका राष्ट्रपति शेख खलिफा बिन जायेद अल नाहयानले बुधबार यस्तो व्यवस्था गर्न निर्देशन दिएका हुन् ।

    स्थानीय सञ्चारमाध्यमका अनुसार मार्च १ भन्दा अगाडि यूएईमा प्रवेश वा बसोवास अनुमतिको अवधि सकिएका मानिसले कुनै जरिवाना बुझाउनुपर्ने छैन ।

    यूएईको फेडेरल अथोरिटी अफ आइडेन्टिफाइ एण्ड सिटिजनसिपका प्रवक्ता ब्रिगनडिएर खामिस अल काबीले अहिले छुट पाएका मानिसहरुलाई कुनै जरिवाना नलाग्नुका साथै उनीहरुले मे १८ बाट मुलुक छाड्न पनि पाउने बताए ।

    यो छुट अवधि तीन महिनासम्म जारी रहने उनको भनाइ छ । यो छुट अवधि सबै इमिरेट्स आईडी र वर्क परमिट सकिएका मानिसहरुको लागि कायम रहने बताइएको छ ।

    अहिले गरिएको निर्णयले कसैलाई पनि निश्चित शर्त पूरा गरेर आफ्नो मुलुक फर्किन नरोक्ने काबीले बताए । मे १८ देखि ३ महिनाभित्रै देश नछाडे जरिवाना तिराउने तयारी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार