Nepal Face
  • मंगलबार, २ मंसिर २०८३
  • २,४४४ जना कोरोना संक्रमित थपिदा ४२ जनाको मृत्यु, ३,८५३ जना डिस्चार्ज


    सोमबार, असार १४ २०७८
    760
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । पछिल्लो २४ घण्टाभित्र नेपालमा थप २४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११६४० परीक्षणबाट उक्त संख्यामा संक्रमित भेटिएका हुन् ।

    मन्त्रालयका अनुसार ६६४८ पिसिआर परीक्षणबाट १५०९ र ४९९२ एन्टिजेन परीक्षणबाट ९३५ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३ हजार ८५३ जना संक्रमितले कोरोना भाइरसलाई जितेका छन् ।

    विभिन्न अस्पतालमा उपचाररत तथा होम आइसोलेसनमा रहेका ती संक्रमित संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

    यससँगै नेपालमा कोरोना संक्रमित भई निको हुनेको संख्या ५ लाख ८८ हजार १८७ पुगेको छ ।

    यस्तै पछिल्लो २४ घन्टामा ४२ जना कोरोना संक्रमितको निधन भएको छ । नेपाली सेनाद्वारा विभिन्न मितिमा गरिएको शव व्यवस्थापनको तथ्याङ्कसहित मन्त्रालयका अनुसार आज थप ४२ जनाको ज्यान गएको हो । यो सँगै नेपालमा कोरोना संक्रमणपछि ज्यान गुमाउनेको संख्या ९ हजार ५१ पुगेको छ ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको हो ।

    काठमाडौंमा ३५५, ललितपुरका ११२ तथा भक्तपुरका ४७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार काठमाडौंमा ४४५३, भक्तपुरमा १७३८ र ललितपुरमा २२०६ जना संक्रिय संक्रमित छन् ।

    काठमाडौं उपत्यकामा कोरोना संक्रमणबाट २७७५ (१८७०+३६४+५४१) जनाको ज्यान गइसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार