Nepal Face
  • आइतबार, १० साउन २०८३
  • युनियन लाइफले पायो आईपीओ निष्काशनको अनुमति


    सोमबार, असार १४ २०७८
    2.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल धितोपत्र बोर्डले  युनियन लाइफ इन्स्योरेन्सलाई सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्न अनुमति दिएको छ। धितोपत्र बोर्डले कम्पनीको हाल कायम  रहेको जारी पूँजीको ३० प्रतिशत अर्थात ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति दिएको हो ।

    युनियन लाइफ इन्स्योरेन्सले निष्काशन गर्न लागेको आईपीओलाई रेटिङ्ग एजेन्सी इक्रा नेपाल ‘इक्राएनपि आइआर त्रिपल बि’ रेटिङ्ग प्रदान गरेको छ ।जसले  कम्पनीको आईपीओमा गरिएको लगानीमा मध्यम किसिमको सुरक्षा रहेको जनाउछ ।

    आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब १५ करोड रुपैयाँ पुग्नेछ । कम्पनीले  शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई तोकेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार