Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भोलिदेखि सार्वजनिक यातायात जोर-बिजोर गरी चलाउन पाइने


    सोमबार, असार १४ २०७८
    880
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सोमबार बसेको काठमाडौं उपत्यकाका तीन जिल्ला प्रमुख अधिकारीको बैठकले काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन चलाउन दिने निर्णय गरेको छ ।

    काठमाडौं जिल्ला प्रशासन कार्यालयका सहायक प्रजिअ उमाकान्त अधिकारीका अनुसार बैठकले बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म २५ सिट बढी क्षमता भएको सवारी साधनलाई चलाउन दिने निर्णय गरेकाे हाे ।

    २५ सिट बढी क्षमता भएका सार्वजनिक सवारी साधनलाई जोर-बिजोर प्रणाली अनुसार चल्न दिने निर्णय प्रशासनले गरेको हो । लामो दूरीका सवारी साधन भने चलाउन पाइने छैन ।

    कोरोना भाइरस संक्रमणका कारण काठमाडौं उपत्यकामा गत वैशाख १६ गते निषेधाज्ञा जारी छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा थप एक साता लम्बाउने निर्णय गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार