Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आन्तरिक हवाइ उडान असार १७ देखि, हेर्नुहोस् कुन एयरलाइन्सलाई कति उडानको अनुमति ?


    सोमबार, असार १४ २०७८
    2.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । कोरोना भाइरस संक्रमणका कारण बन्द भएको आन्तरिक हवाइ उडान असार १७ गतेदेखि खुल्ने भएको छ।

    सरकारी निर्णय अनुसार विमानस्थल टर्मिनलको क्षमताअनुसार भिडभाड नहुने गरी वायु सेवा कम्पनीले १० मिनेटको अन्तरालमा जहाज उडान गर्नुपर्नेछ 

    नियमित उडानको आधा संख्यामा एयरलाइन्सले जहाज उडाउन पाउनेछन् ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएअनुसार बुद्ध एयरलाई दिनमा ३१ उडान गर्न दिइने भएको छ ।

    यस्तै यति एयरलाइन्सलाई १५, श्री एयरलाइन्सलाई ७, सौर्यलाई ३ र एसटिओएलतर्फ उडान गर्नेलाई तीन/तीन उडान स्वीकृति दिइएको छ।

    साथै सरकार र विमानस्थलबाट जारी गरिएको स्वास्थ्य सम्बन्धी मापदण्ड पूर्ण रूपमा यात्रुले पालना गर्नुपर्नेछ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार