Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • युरोकप फुटबलमा आज दुई खेल, यस्तो छ खेल तालिका


    सोमबार, असार १४ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । जारी १६ औं संस्करणको युरोकप फुटबलमा आज (सोमबार) दुई खेलहरु हुँदैछन् ।

    युरोकपको नकआउट चरण अर्थात् अन्तिम १६ अन्तर्गत सोमबार राति दुई खेलहरु हुन लागेको हो ।

    आज हुने पहिलो खेलमा स्पेन र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा फ्रान्सले स्विट्जरल्यान्डको सामना गर्नेछ  ।

    डेनमार्कको पार्केन एरिनामा हुने स्पेन र क्रोएसियाबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ । दुबै टिम जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा हुनेछ। 

    यस्तै आज राति रोमानियाको नेसनल एरिनामा हुने फ्रान्स र स्विट्जरल्यान्डबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार