Nepal Face
  • आइतबार, १० साउन २०८३
  • युरोकप फुटबल : बेल्जियम र चेक रिपब्लिक क्वाटरफाइनलमा प्रवेश


    सोमबार, असार १४ २०७८
    980
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत बेल्जियम र चेक रिपब्लिक क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

    गएराति भएको खेलमा साविक विजेता पोर्चुगललाई हराउँदै बेल्जियम युरोकपको क्वाटरफाइनलमा प्रवेश गरेको हो। 

    स्पेनमा भएको खेलमा बेल्जियमले पोर्चुगललाई १–० गोलले हराउँदै अन्तिम आठमा पुगेको हो । खेलको ४२ औं मिनेटमा बेल्जियमका थोर्गन हाजार्डले गरेको गोल नै निर्णायक भयो । योसँगै पोर्चुगल अन्तिम १६ बाटै बाहिरिएको छ ।

    अब बेल्जियमले क्वाटरफाइनलमा इटलीसँग खेल्नेछ । अस्ट्रियालाई हराउँदै इटली क्वाटरफाइनलमा पुगिसकेको छ ।

    यस्तै गएराति भएको अर्को खेलमा नेदरल्याण्ड्सलाई २–० ले हराउँदै चेक रिपब्लिक युरो कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । हङ्गेरीमा गएराति भएको खेलमा चेक रिपब्लिकले १० खेलाडीमा सीमित नेदरल्याण्ड्सलाई २–० गोलले पराजित गरेको हो । चेक रिपब्लिकका लागि टोमस होल्स र प्याट्रिक सिकले एक एक गोल गरेका थिए ।

    खेलको ५५ औं मिनेटमा डिफेन्डर म्याथिस डी लिग्टले रातो कार्ड पाएपछि नेदरल्याण्डस् १० खेलाडीमा समेटिएको थियो । चेक रिपब्लिकका टोमसले खेलको ६८ औं मिनेटमा र सिकले ८० औं मिनेटमा गोल गरे ।

    अब क्वाटरफाइनलमा चेक रिपब्लिकले डेनमार्कसँग खेल्नेछ । डेनमार्कले वेल्सलाई हराएर अन्तिम आठमा स्थान बनाएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार