Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भोलिपल्ट कुखुरो हराउँदै छ भनेर अघिल्लो दिन नै स्याल कराउने आधार के ?- ओली


    शुक्रबार, असार ११ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले  सर्वोच्च अदालतले सेटिङमा फैसला गरेको त होइन भन्ने प्रश्न उठाएका छन् ।

    शुक्रबार बालुवाटारमा आयोजित पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको पुस्तक विमोचन कार्यक्रममा ओलीले अदालतले सेटिङमा फैसला गरेको त होइन भनी प्रश्न उठाएका हुन् ।

    ओलीले पछिल्लो पटक गरेको मन्त्रिपरिषद पुनर्गठनलाई मान्यता नदिइ मन्त्रीहरुलाई काम गर्न रोक लगाउनु अघिल्लो दिन नै प्रचण्डले धादिङमा बोलेको भन्दै उनले यो प्रश्न उठाएका हुन् ।

    प्रचण्डको नाम नलिई उनले भने, ‘धादिङमा अघिल्लो दिन नै भने, पछि नियुक्त गरिएका मन्त्रीहरु भोलि अदालतले हटाउँदैछ भन्ने सूचना मैले पाएको छु ।’

    उनले अघि भने, ‘अथवा न्याय निष्पक्ष भयो कि अरु नै हिसाबले एउटा हल्ला छ नि सेटिङ .. ।’

    ‘भोलिपल्ट कुखुरो हराउनु छ भने अघिल्लो दिन नै धादिङमा स्याल करायो । कसरी त्यो भयो ? गम्भीर प्रश्न छ,’ एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार