Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • २,४७६ जना काेराेना संक्रमित थपिंदा २७ जनाको मृत्यु, ५,४५५ जना निकोभए


    शुक्रबार, असार ११ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । शुक्रबार थप २ हजार ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन् ।

    यस दिन कुल १४ हजार ३५१ जनाको नमूना परीक्षण गरिएको थियो। ९५८६ नमूना परीक्षण गर्दा १७२१ र ४७६५ नमूना परीक्षण गर्दा ७५५ जनामा पोजेटिभ देखिएको थियो। पछिल्लो २४ घण्टामा ५४५५ जना निको भएका छन् ।

    त्यस्तै थप २७ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ । यीसहित हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ९ सय ४५ पुगेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार