Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जातीय विभेदका प्रश्नमा मन्त्रीको व्यवहार र प्रधानमन्त्रीको मौनताले राज्यकै भूमिकामा गम्भीर प्रश्न उब्जिएको छ- कांग्रेस


    शुक्रबार, असार ११ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिलगायत मन्त्रीको जिम्मेवारीमा रहेका कृष्णगोपाल श्रेष्ठकाे जातीय विभेदबारेकाे व्यवहारप्रति प्रधानमन्त्री मौन रहेकाे भन्दै नेपाली कांग्रेसले प्रश्न उठाएको छ । 

    कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ‌ओलीलाई श्रेष्ठलाई अझै किन मन्त्री कायम राखेको भन्ने प्रश्न समेत गरेको छ ।

    ‘हालैको एक घटनामा तपाईंको मन्त्रीमण्डलका एक मन्त्रीको व्यवहार अनि त्यसप्रति यहाँको मौनताले गम्भीर प्रश्न उठान गरेको छ,’ प्रवक्ता विश्वप्रकाश शर्माले मन्त्रीको नाम उल्लेख नगरी आज निकालेको विज्ञप्तिमा भनिएको छ ।

    सञ्चारकर्मी रूपा सुनारलाई थरकै आधारमा बबरमहलकी घरबेटी सरस्वती प्रधानले कोठा नदिएपछि रूपाको उजुरीका आधारमा सरस्वतीलाई हिरासतमा लिएर अनुसन्धान गरिएको थियो । उनलाई छुटाउन बुधबार मन्त्री श्रेष्ठ प्रहरी कार्यालय नै पुगेका थिए ।

    ‘प्रश्न रूपमा सुनार र सरस्वती प्रधानबीचको संवाद र विवादको मात्र होइन । प्रश्न यो प्रकरणले उजागर गरेको हाम्रो समग्र अनुहारको धुलो सफा गर्ने या ऐना पुछ्ने भन्ने प्रश्न हो,विज्ञप्तिमा उल्लेख छ , ‘सस्तो राजनीति चाहन्छौं कि जिम्मेवार ढंगले विषयको उठान र निदान गर्ने राज्य व्यवस्था चाहन्छौं भन्ने पनि हो।’

    यस घटनामा राज्यकै भूमिका उपर गम्भीर प्रश्न उब्जिएको बताउदै गम्भीर प्रश्नमा जवाफदेही बन्ने कि सम्पूर्ण मौनता राख्ने प्रधानमन्त्रीज्यू? भनि प्रवक्ता शर्माले प्रश्न गरेका छन्

    साथै उनले थपेका छन्, ‘द्वन्द्व निरूपण होइन भड्काबलाई बल पुर्‍याउने मन्त्रीको भूमिका व्यक्तिगत स्वेच्छाचारिता कि राज्यकै प्रतिनिधित्व? मन्त्रीले राज्यको प्रतिनिधित्व गरेका होइनन् भने अझै किन मन्त्री कायम?।’

    E4uFnEMUcAAcpph.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार