Nepal Face
  • सोमबार, १ मंसिर २०८३
  • आन्तरिक वायुसेवा कम्पनीद्वारा टिकट बुकिङ सुरू


    शुक्रबार, असार ११ २०७८
    830
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आगामी १७ असारबाट हुने नियमित उडानका लागि आन्तरिक वायुसेवा कम्पनीले टिकट बुकिङ थालेका छन् । 

    सरकारले साविकको तुलनामा ५० प्रतिशत पनि ननाघ्ने गरि उडान संख्या तय गरि आन्तरिक उडान शुरु गर्ने निर्णय गरेसँगै बुद्ध एयर र यति एयरलाइन्सले टिकट बुकिङ शुरु  गरेकाे छ ।

    सरकारले एक साताको समय राखी १ जुलाईबाट उडान गर्न अनुमति दिएसँगै कम्पनीहरुका अनुसार यात्रुले टिकट काट्न मोवाइल एप, वेवसाइट, रिजर्भेसन, नजिकको सेल्स काउन्टर वा ट्राभल एजेन्सीबाट समेत सक्ने भएका छन् ।

    सरकारले निजी सवारी साधनलाई जोर विजोर प्रणालीमा चलाउने गरि निषेधाज्ञा खुकुलो बनाएको छ ।

    यससगै वायुसेवा कम्पनीलाई उडान सुूचारु गर्न समेत बाटो खुलेको हो । यति एयरलाइन्सका अनुसार कम्पनीले स्वास्थ्य सम्बन्धी सम्पूर्ण मापदण्डको पूर्ण पालना गरि उडान थाल्ने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार