Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • महन्थ ठाकुरकाे विजाेग, न यता न उता


    शुक्रबार, असार ११ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूह अफ्ठ्यारो अवस्थामा पुगेको छ । 

    पार्टी विभाजनको अवस्था निम्त्याएर सरकारमा सहभागी भए पनि १३ दिनमै मन्त्रीबाट पदमुक्त भएका महन्थ समूह सर्वाेच्च अदालतले पछिल्लो दुईपटक गरिएको मन्त्रिपरिषद् विस्तारलाई खारेज गरिदिएपछि अफ्ठ्यारो अवस्थामा पुगेको हाे ।

    सरकार बनाउने र ढलाउने कार्यमा जसपा सहभागी हुने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको विश्वासको मतको प्रस्तावमाथिको मतदानमा सहभागी नभएको ठाकुर पक्ष अन्ततः सरकारमा सहभागी भएको थियो ।

    जसले सो समूह सरकारमा सहभागी हुन आफ्नो सिद्धान्त र एजेण्डा छाडेको सोही पार्टीका अध्यक्ष उपेन्द्र यादव समूहले आरोप लगायो । 

    ठाकुर पक्ष सरकारमा सहभागी भएपछि दुवै समूहले एकअर्कामाथि कारबाहीको निर्णय गरेका छन् । र सो पार्टीको विवाद अहिले निर्वाचन आयोगमा पुगेको छ । 

    ठाकुर पक्षको सरकारमा गएपछि पार्टी विभाजनको अवस्थामा आयो । नागरिकता संशोधन सम्बन्धि विधेयक संसदमा विचाराधीन रहेका बेला अध्यादेश जारी गराएर सरकारमा जाने बहाना बनाएको आरोप लागेको थियो । तर, सरकारले अध्यादेशमार्फत जारी गरेको नागरिकता संशोधन अध्यादेश अदालतले खारेज गरिदियो । 

    न त सरकारमा, न त एकताबद्ध पार्टी नै रह्यो न त नागरिकता संशोधन नै भयो । तर, सरकारमा जान हतारो गरेको आरोप ठाकुर पक्षमाथि लाग्यो । ठाकुर पक्ष सरकारमा सहभागी भएपछि जसपा विभाजनको अवस्था पुगेको छ । 

    पार्टीलाई विभाजनको अवस्थामा पुर्याउँदै केही वर्ष यता उठाउँदै आएको माग र पार्टीले लिएको सिद्धान्त भुलेर ठाकुर पक्ष सरकारमा सहभागी भएको आरोप लाग्यो । 

    राजनीतिक अस्थिरता निम्त्याउने प्रधानमन्त्री ओलीको कदममा सहभागी भएको ठाकुर पक्षमाथि उनकै पार्टीका नेताहरुले आरोप लगाएका छन् । 

    सरकारमा सहभागी हुन पार्टी विभाजन गर्ने पुरानै आरोपलाई पुनरावृत्ति गरेका ठाकुर  न पार्टीमा एकताबद्ध भएर बस्न सक्ने अवस्था रहे, न त सरकारमै रहिरन पाए। उल्टै सत्ता लिप्साको आरोप लाग्यो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार