Nepal Face
  • सोमबार, १ मंसिर २०८३
  • कोपा अमेरिका :उरुग्वेको पहिलो जित


    शुक्रबार, असार ११ २०७८
    915
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा उरुग्वेले पहिलो जित दर्ता गरेको छ ।

    आज बिहान भएको खेलमा बोलिभियालाई २–० गोल अन्तरले पराजित गर्दै उरुग्वेले पहिलो जित निकालेको हो । उरुग्वेको जितमा एडिन्सन काभानीले एक गोल गरे भने एक गोल आत्मघाती उपहार पाएको थियो ।

    समूह ए मा रहेको उरुग्वेले अहिलेसम्म ३ खेल खेलेकोमा एकमा जित, एकमा हार र एकमा बराबरी गरेको छ ।

    जितपछि उरुग्वे ४ अङ्कका साथ तेस्रो स्थानमा छ भने बोलिभिया पुछारमा छ । समूह ए कै अर्को खेलमा अहिले चिली र पाराग्वे खेल्दैछन् ।

    तीन खेलमा पाँच अङ्क जोड्दै चिली दोस्रो र दुई खेलमा तीन अङ्क जोडेको पाराग्वे चौथो स्थानमा छ । यो समूहमा अर्जेन्टिना ७ अङ्कका साथ शीर्ष स्थानमा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार