Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मिचिएको भूमि फिर्तापछि मात्रै नयाँ नक्सा जारी गरिनेछः प्रधानमन्त्री 


    बिहिबार, जेष्ठ १ २०७७
    995
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, १ जेष्ठ । भारतले लिपुलेक र कालापानीमा नेपाली भूमी मिचेर सडक निर्माण गरेपछि प्रधानमन्त्रीनिवास बालुवाटारमा बुधबार सर्वदलीय बैठक बस्यो। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग वार्तापछि मिचिएको नेपाली भूमिसहितको नक्सा जारी हुने बताएका छन् ।
    नेपालले वार्ताका लागि प्रयास जारी राखिरहेकै वेला एकतर्फी रूपमा सडक उद्घाटन गरेको भन्दै तत्काल भारतीय राजदूतमार्फत कूटनीतिक नोट पठाएर विरोध र असहमति राखिएको पनि प्रधानमन्त्री ओलीले जानकारी गराए ।प्रधानमन्त्री ओलीले सबै राजनीतिक दलको साझा मत र राष्ट्रिय एकतासहित सीमा समस्या समाधान गर्न सरकारले पहल अघि बढाउनेसमेत जानकारी गराएका थिए  ।

    बैठकमा नेकपाका अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, जनता समाजवादीका नेताहरू महन्थ ठाकुर, शरतसिंह भण्डारी, नेमकिपाका नेता प्रेम सुवाललगायतले सुझाब राखेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार