Nepal Face
  • आइतबार, १० साउन २०८३
  • १ लाख ५० हजार घुस लिने कर अधिकृतबिरुद्ध मुद्दा दर्ता


    बिहिबार, असार १० २०७८
    930
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  आन्तरिक राजस्व कार्यालय, जनकपुरधाम, धनुषाका कर अधिकृत रमेश ढकालबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । ढकाललाई बर्दिबास कार्यालयबाट खटिएको टोलीले केही दिनअघि उनलाई १ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो ।

    अधिकृत ढकालले सेवाग्राहीसँग अन्तशुल्क समायोजनको रकम फिर्ता गर्ने प्रयोजनको लागि घुस माग गरेको सूचनाका आधारमा अख्तियार टोलीले रकम लिएको अवस्थामा उनलाई पक्राउ गरेको थियो ।

    अधिकृत ढकाललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो १ लाख ५० हजार नै कायम गरी मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार