Nepal Face
  • सोमबार, १ मंसिर २०८३
  • २,४७४ जनामा संक्रमण पुष्टि हुँदा २४ जनाको मृत्यु


    बिहिबार, असार १० २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४७४ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार २३५ जनाको पीसीआर र  ४ हजार ९९७  जनाको एन्टीजेन  बिधिबाट परिक्षण गर्दा क्रमश: १५७७ र ८९७ जनामा संक्रमण पुष्टि भएको हो ।

    यस्तै, मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा २ हजार ५१८ जना निको भएर घर फर्केका छन् ।

    यसैगरी, गत २४ घण्टामा २४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसंगै नेपालमा हाल कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ हजार ९१८ पुगेको छ ।

    यसअघि हिजो २,४४१ जनामा संक्रमण पुष्टि हुँदा ३,५५८ डिस्चार्ज भएका थिए भने ८१ जनाको मृत्यु भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार