काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार मापक नेप्से दोहोरो अंकले घटेको छ । बिहीबार नेप्से १६.९६ अंकले घटेर २८ सय ४३ अंकमा बन्द भएको छ ।
बिहीबार कारोबार रकममा पनि गिरावट आएको छ । २ सय १९ कम्पनीको सेयर खरिद बिक्री भएको बजारमा ७ अर्ब ३ करोड बराबरको सेयर कारबोर भएको छ ।
यस दिन समूहगत आधारमा होटेल्स एण्ड टुरिजम र हाइड्रोपावर बाहेक सबै समूह राताम्मे भए ।
कारोबारका आधारमा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको ३७ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
बिहीबार जलविद्युत समूहतर्फ लगानीकर्ताको आकर्षण देखिएको छ । समग्र बजार घटे पनि माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सेयर मूल्यमा भने सर्किट लेभलमा मूल्यवृद्धि भएको छ ।
यस दिन छिमेकी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सबैभन्दा धेरै गिरावट आएको छ ।