Nepal Face
  • सोमबार, १ मंसिर २०८३
  • पूर्वमन्त्री प्रभु साह सहभागी कार्यक्रममा झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार


    बिहिबार, असार १० २०७८
    1.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • रौतहट । रौतहटमा पूर्वमन्त्री प्रभु साह सहभागी भएको कार्यक्रममा झडप भएको छ । बिहीबार मौलापुर नगरपालिकाको पाँचौँ नगरसभा भइरहँदा  प्रभु साह पक्ष र विपक्षी दलका कार्यकर्ताबीच झडप भएको हो ।

    झडपको स्थितिलाई नियन्त्रणमा लिने प्रयासमा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । माओवादी त्यागेर एमालेमा प्रवेश गरेका साहकी श्रीमती रिनाकुमारी साह मौलापुर नगरपालिकाकी मेयर हुन् ।  

    नगरपालिकामा अनियमितता भएको भन्दै विपक्षी दलका नेताहरुले विरोध प्रदर्शन गरेपछि दोहोरो झडप भएको हो । 

    नगर सभामा बजेट पेश गर्ने क्रममा विपक्षी दलहरुको विरोध भएपछि झडप भएको हो । झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन केही राउन्ड अश्रुग्यास प्रहार गरेको प्रहरीले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार