Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रिय धानबाली कार्यक्रममा लुट, सरकारी धान चोरेर भातभान्सा रमाइलो


    बिहिबार, असार १० २०७८
    930
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • धनुषा । राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रममा धान चोरी काण्डले चर्चा पाएको छ । केन्द्रका प्रमुख भानुभक्त पोखरेलले २० टन धान चोरेर बेचेको आरोप लागेको छ । राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम धनुषा हर्दिनाथमा वार्षिक सरदर ६५ देखि ७० टन धान र मुल बिउसमेत उत्पादन हुँदै आएको छ । तर कोरोना भाइरसको संक्रमणको बहाना बनाएर कार्यालय प्रमुख पोखरेल र प्रशासन प्रमुखको समेत जिम्मेवारी लिएका स्टोरकिपर गोपाल श्रेष्ठले ४० टन मात्र धान उत्पादन भएको रेकर्ड राखी २० टन धान चोरेर बेचेकोले कारबाही गर्न माग गर्दै सरोकारवाला निकायमा कृषि अनुसन्धान परिषद् नार्क र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको खबर छ ।

    धानबाली अनुसन्धान कार्यक्रम हर्दिनाथ बनिनियाका कार्यालय प्रमुख पोखरेल र श्रेष्ठले कर्मचारीलाई बिदा दिएर बिना बिल अवैध ढंगले धान विक्री गरेको खुलासा भएको छ । ज्यालादारी कर्मचारीलाई समेत बिदा दिएर धान चोरेर बेचेको आरोप उनीहरुमाथि लागेको छ । सामान्य धान प्रति क्विन्टल ७ हजार र मूल बिउ प्रति क्विन्टल साँढे १० हजार रुपैयाँका दरले विक्री हुने गरेको छ ।

    कार्यालय प्रमुख पोखरेल र श्रेष्ठले मूल बिउ ११ टन र सामान्य धान २९ टनको मौज्दात देखाएर बाँकी धान चोरेर बेचेको उजुरीमा उल्लेख छ । गत वर्ष मूल बिउको धान २२ टन र सामान्य धान ४३ टन मौज्दात थियो । यस वर्ष उत्पादन घटेको बहाना बनाएर २० टनमध्ये ९ टन मूल बिउ र ११ छन सामान्य धान चोरेर बेचेको विषयमा छानबिन गर्न र दोषी कार्यालय प्रमुख पोखरेल र स्टोरकिपर श्रेष्ठलाई कारबाही गर्न माग गरिएको छ ।

    धानबाली अनुसन्धान कार्यक्रमका कर्मचारीका अनुसार मौज्दातमा रहेका मुल बिउ र सामान्य धानको बिल काटिएको तर त्यसबाहेकको धान स्लिपका आधारमा विक्री गरिएको खुलेको छ । पोखरेल र श्रेष्ठले सामान्य धान ७ लाख ७० हजार र मूल बिउ धान ९ लाख ४५ हजार गरी १७ लाख १५ हजारको चोरी गरी बिक्री गरेको उजुरीमा उल्लेख छ । कर्मचारीलाई कोरोनाको बहानामा बिदा दिएर धान चोरी गरी विक्री गरेर १७ लाख रुपैयाँ पोखरेल र श्रेष्ठले भागशान्ति गरेर लिएका छन् ।

    1.jpg

      कार्यालयको नियमअनुसार बिल काटेर मात्र विक्री गर्नुपर्ने हुन्छ तर स्टोरमा आम्दानी बाँधिएको धानको बिल काटिएका र आम्दानी नबाँधिएको धान रसिदबाट बिक्री गरिएको खुलेको छ । हर्दिनाथमा वैज्ञानिक पदमा कार्यरत चेतन ज्ञवाली पनि पोखरेल र श्रेष्ठको धान चोरी गरी विक्री गर्ने कार्यमा संलग्न रहेको श्रोतले बतायो । कार्यालय प्रमुख पोखरेल र श्रेष्ठले कीर्ते बिल बनाउने, त्यसको भुक्तानी लिने र बाँडेर खाने गरेको स्रोत बताउँछ । माटो परीक्षण गर्ने वैज्ञानिक ज्ञवालीले अहिलेसम्म कहींपनि आफ्नो जिम्मेवारीअनुसार काम गरेका छैनन् । कार्यालय प्रमुख पोखरेल, कृषि वैज्ञानिक ज्ञवाली र स्टोरकिपर श्रेष्ठ मिलेर ४० लाख रुपैयाँ कीर्ते बिल बनाएर अनियमिता गरेको समाचार पनि प्राप्त भएको छ । प्रदेश नं. २ लाई कृषिमा आत्मनिर्भर बनाउने सरकारको तयारी छ । तर धानबाली अनुसन्धान कार्यक्रम संघीय सरकार मातहत छ ।

     कार्यालयको अनुगमनसमेत प्रदेश सरकारले गर्न पाउँदैन । प्रदेश सरकारबाट अनुगमन नहुने भएकाले र नार्कले समेत बेवास्ता गर्दै भ्रष्टाचारको छानबिन नगर्दा कार्यालय प्रमुख पोखरेलदेखि स्टोरकिपर श्रेष्ठको मनोबल अझ बढेको छ । नार्कका कार्यकारी निर्देशक दीपक भण्डारीले हर्दिनाथ, बनिनियाका धानचोरीमा संलग्न कार्यालय प्रमुखदेखि स्टोरकिपरलाई संरक्षण गर्दै आएको आरोप लागेको छ । उनले पनि धानचोरीबापत गरेको अनियमितताको हिस्सा पाएर त संरक्षण गरेको होइन भन्ने आशंका धनुषाको बनिनियाँबासीले गरेका छन् । सोमबारको साँघुबाट

    भिडियो हेर्नुहोस्ः

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार