Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओली सरकारविरुद्ध पाँच विद्यार्थी संगठनले संयुक्त आन्दोलन गर्दै


    बिहिबार, असार १० २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । पाँच विद्यार्थी संगठनहरुले काठमाडौं उपत्यकामा विरोध प्रदर्शन गर्ने भएका छन् । विपक्षी गठबन्धनका दलनिकट विद्यार्थी संगठनहरुले बिहिबार काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गर्ने भएका हुन् । 

    बिहिबार आफुहरुले उपत्यकाको प्रदर्शनी मार्गमा दिउँसो ३ बजे सामाजिक दुरी कायम गरी सरकारविरुद्ध प्रदर्शन गर्ने ५ विद्यार्थी संगठनले विज्ञप्तिमार्फत जानकारी गराएका छन् । यस्तै उपत्यका बाहिर पनि प्रदर्शन गर्ने विद्यार्थी संगठनहरुले विज्ञप्तिमा जनाएका छन् । 

    नेपाली कांग्रेस निकट नेवि संघ, माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी), नेकपा एमालेको माधव नेपाल समूहनिकट अनेरास्ववियु, जनता समाजवादी पार्टीनिकट समाजवादी विद्यार्थी युनियन र राष्ट्रिय जनमोर्चानिकट अखिल (छैठौं)ले बिहिबार विरोध प्रदर्शन गर्ने भएका हुन् । 

    जारी विज्ञप्तिमा ५ विद्यार्थी संगठनहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको हरेक असंवैधानिक, अलोकतान्त्रिक र स्वेच्छाचारी कदमलाई संविधान रक्षकको कर्तव्यबाट च्युत भएर संवैधानिक राष्ट्रपति समेतले निरन्तर साथ दिनु झनै विडम्बना बनेको बताएका छन् । 
      
    विज्ञप्तिमा भनिएको छ – ‘संविधानको चिरहरण गरेर दोस्रो पटक प्रतिनिधि सभा विघटन गर्दै असंवैधानिक जगमा उभिएको प्रतिगामी सरकारले कोरोना कहरले आक्रान्त जनतालाई राहत र सहुलित दिनुको साटो एकपछि अर्को राष्ट्रघात, कुशासन, महंगी र भ्रष्ट्राचार थोपरिएको छ ।’

    1624459271-fNSOY.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार