Nepal Face
  • आइतबार, १० साउन २०८३
  •  अनावश्यक हिँड्डुल नगर्न  जिल्ला प्रशासन कार्यालय सुर्खेतको आग्रह


    बुधबार, बैशाख ३१ २०७७
    725
    Shares
  • १ मिनेट पाठ
  • सुर्खेत, ३१ बैशाख ,  सर्बसाधारणलाई  अनावश्यक हिँड्डुल नगर्न जिल्ला प्रशासन कार्यालय सुर्खेतले आग्रह गरेको छ। एक सूचना जारी गर्दै प्रशासनले कोरोना भाइरसको महामारीबाट बच्न अनावश्यक हिँड्डुल नगर्न आग्रह गरेको हो।

    ‘हाल कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएकोले जोखिमको सम्भावना उच्च रहेको हुँदा आवश्यकीय कार्यवाहेक हिँड्डुल नगर्न पुनः अनुरोध गरिन्छ,’ जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा भनिएको छ।

    यस्तै यसअघि जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएका सम्पूर्ण सवारी पास (इ पास, साधारण पास) जेठ १ गतेदेखि लागु हुनेगरी रद्द गरिएको छ। सुर्खेतबाट अन्य जिल्ला जाने पासलगायत कुनै पनि पास वैशाख ३१ गतेदेखि जारी नगरिने पनि प्रशासनले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार