काठमाडौं, ३१ बैशाख । नेपाल विद्युत प्राधिकरण हेटौंडाका इलेक्ट्रिसियन विश्वनाथ पुडासैनी विरुद्ध शैक्षिक योग्यताको प्रमाण पत्र नक्कली रहेको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।
उनीविरुद्ध सेवा प्रवेशको क्रममा उनले श्री आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय हेटौंडाबाट कक्षा–८ उत्तीर्ण गरेको नक्कली प्रमाणपत्र पेश गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार मुद्दा दायर गरेको हो ।
अनुसन्धानका क्रममा पुडासैनीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको दाबी अख्तियारले दायर गरेको आरोप पत्रमा उल्लेख छ ।