Nepal Face
  • मंगलबार, १८ कार्तिक २०८३
  • प्रधानमन्त्रीले सर्वदलीय बैठक डाके, लिपुलेकमा भारतले बनाएको सडकबारे छलफल हुने


    बुधबार, बैशाख ३१ २०७७
    1.3K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ, ३१ बैशाख ।  प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साढे चार बजे सर्वदलीय बैठक डाकेका छन् । भारतले नेपाल हुँदै तिब्बत जाने बाटो खोलेपछि  प्रधानमन्त्रीले बैठक डाकेका हुन् ।

    बालुवाटारमा हुने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दल, पूर्वप्रधानमन्त्री  र सीमाविद्लाई डाकिएको छ ।

    नेपालको भूमि मिचेर लिपुलेकमा भारतले सडक बनाएको, बढ्दो कोरोना महामारीलगायतका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाइएको जनाइएको छ । गत कात्तिकमा भारतले लिपुलेकलाई समेटेर नक्सा जारी गरेपछि पनि प्रधानमन्त्री ओलीले यस्तो बैठक बोलाएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार