Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • कोरोना कहर : ब्राजिलमा १ लाख ७७ हजार मानिसमा कोरोना संक्रमण पुष्टि, एकै दिनमा झण्डै ९ सयको मृत्यु


    बुधबार, बैशाख ३१ २०७७
    590
    Shares
  • २ मिनेट पाठ
  •  एजेन्सी, ३१ बैशाख ।  चीनबाट फैलिएको कोरोना भाइरसका कारण दक्षिण अमेरिकी मुलुक ब्राजिल महादेशमा सबैभन्दा बढी प्रभावित मुलुक बनेको छ।

    कोरोनाभाइरसका कारण दक्षिण अमेरिकाको सबैभन्दा ठूलो अर्थतन्त्र ब्राजिलमा पछिल्लो २४ घन्टामा मात्र ८८१ जनाले  ज्यान गुमाएमा छन्।

    पछिल्ला दिनमा त्यहाँ कोरोनाभाइरसको संक्रमण र मृत्युदर तीव्र गतिमा बढिरहेको छ।

    जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार बुधबारसम्म ब्राजिलमा १ लाख ७७ हजार ५ सय ८९ मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको छ भने १२ हजार ४ सय मानिसले ज्यान गुमाएका छन्।

    ब्राजिल कोरोना संक्रमित धेरै भएको संसारको सातौं मुलुक भएको छ भने धेरै मृत्यु भएका मुलुकमा छैठौं स्थानमा छ।

    पछिल्लो दुई सातामा मात्र त्यहाँको संक्रमण दोब्बर भएको हो।

    कोरोनाभाइरसको संक्रमण बढेको बढ्यै गर्दा पनि त्यहाँका दक्षिणपन्थी राष्ट्रपति जैर बोल्सोनारोले यो महामारीलाई गम्भीर रूपमा लिएका छैनन्।

    उनले कोरोनाभाइरसलाई एउटा सामान्य फ्लूसँग तुलना गर्दै यसको असरबारे मानिसहरू धेरै डराएको बताउँदै आएका छन्।

    उनी कोरोनाभाइरसको संक्रमण रोक्न गरिएको लकडाउनको पनि विरोधमा छन्। लकडाउनका नाममा अर्थतन्त्रलाई शिथिल बनाउन नहुने उनको तर्क छ।

    प्रान्तीय गभर्नरले लगाएका लकडाउन हटाउन भएका प्रदर्शनमा राष्ट्रपति बोल्सोनारो आफैं सहभागी भएका थिए।

    उनले एकातिर कोरोनाभाइरसलाई हेलचक्याइँ गरेका छन् भने अर्कातिर आफ्नो विरोध गर्नेहरूलाई सत्ताबाट निकालेका छन्।

    केही समयअघिमात्र उनले लकडाउनको समर्थन गर्ने स्वास्थ्य मन्त्रीलाई बर्खास्त गरेका थिए।

    भ्रष्टाचारविरोधी नारा दिएर चुनाव जितेका बोल्सोनारोले पछिल्लो समय आफ्ना परिवारका मानिसविरूद्धको भ्रष्टाचार मुद्दाको अनुसन्धानलाई प्रभाव पार्न प्रहरी प्रमुखलाई हटाइदिएका थिए।

    उक्त घटनापछ त्यहाँका न्याय मन्त्रीले पदबाट राजीनामा गरेका थिए। राष्ट्रपति बोल्सोनारोको १५ महिने कार्यकालमा ८ जना मन्त्री उनको क्याबिनेटबाट बाहिरिएका छन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार