Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • भारतीय दूताबास धाउने डिआईजीको कार्यकाल २ दिनमात्र बाँकी, म्यादथपका लागि मिडियाबाजी


    आइतबार, असार ६ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सशस्त्र प्रहरी बलका आइजीपी शैलेन्द्र खनालका विश्वासपात्र डिआईजी प्रवीणकुमार श्रेष्ठ म्यादथपका लागि सरकारमाथि दबाब दिन मिडियाबाजीमा उत्रिएका छन् ।

    आइजीपी खनालले श्रेष्ठलाई प्रदेश नम्बर २ को डीआइजीबाट स्टाफ कलेज, पशुपति बाहिनी, प्रवक्ता हुँदै सुदूरपश्चिमको बाहिनीपति बनाएका छन् । प्रदेश नम्बर २ मा हुँदा रासन काण्ड लागेका र असई दीपेन्द्र झासहितको घुमुवा टोली परिचालन गरी तस्करीको लाइन चलाएर अकूत सम्पत्ति आर्जन गरेका श्रेष्ठको म्यादथप गर्न आइजीपी खनाल नै लागेका छन् । यसअघि डीआइजी सूरज श्रेष्ठको म्यादथप गर्न खोजे पनि असफल भएका आइजीपी खनाल विश्वासिला डीआइजी श्रेष्ठलाई म्यादथपका लागि एक महिनादेखि लाग्दैआएका छन् । खनालले म्यादथप गराउन नसक्ने देखिएपछि मिडियाबाजी गर्न लगाएका छन् ।

    २ दिनपछि असार ९ मा डीआइजीको पदावधिका आधारमा अवकाश हुन लागेका श्रेष्ठलाई सोमबार बस्ने मन्त्रिपरिषद बैठकले म्यादथप गर्नुपर्ने हुन्छ । सोमबार म्याद नथपिए उनी अवकाश हुनेछन् । उनीपछिका डीआइजी राजु अर्याल, नारायणदत्त पौडेल र सीपी गौतममध्ये एक आइजीपी हुनेछन् । म्याद थप भएमा श्रेष्ठ २ बर्ष आइजीपी हुनेछन् ।

    डीआइजी श्रेष्ठ कूटनीतिक आचारसंहिताविपरीत गोप्यरुपमा भारतीय दूताबास गएको गाडी नम्बर सहित सार्वजनिक भएको थियो । सरकारसँग अनुमति नलिई  ६ मंसिर २०७६ मा बा २ झ २३९० नम्बरको सरकारी गाडी चढेर उनी लौनचौरस्थित भारतीय दूताबास पुगेका थिए । उनीमाथि अनुशासनको कारबाही गर्न सरकारले निर्देशन दिए पनि आइजीपी खनालले उनलाई पुरस्कृत गरी सचिवालय र प्रवक्ताको जिम्मा दिए । २ नम्बर प्रदेशको बाहिनीपति बनाए । यसले पनि भारतीय दूताबासको प्रभाव सशस्त्र प्रहरीमा कति कसिलो छ भन्ने पुष्टी गर्दछ ।  

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार