Nepal Face
  • आइतबार, १० साउन २०८३
  • डुबेर मृत्यु भएका बालिकाका परिवारलाई सहयोग


    आइतबार, असार ६ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • धनुषा। धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपालिकाकामा एकैपटक पोखरीमा डुबेर मृत्यु भएका पाँच बालिकाको परिवारलाई मुखियापट्टी मुसहरनीया गाउँपालिकाले जनही रु एक लाख ५१ हजार राहत उपलब्ध गराएको छ ।

    पाँचै बालिकाका परिवारलाई गाउँपालिका अध्यक्ष मनोजकुमार यादव र उपाध्यक्ष मिरादेवी महतोले आज सो रकमको चेक हस्तान्तरण गर्नुभएको हो । यसअघि प्रदेश सरकारले समेत पाँचै बालिकाको परिवारलाई एक–एक लाख रुपैयाँको राहत रकम उपलब्ध गराउने घोषणा गरेको छ ।

    गत जेठ २८ गते मुखियापट्टी मुसहरनीया गाउँपालिका–६ स्थित लक्ष्मीपुरमा हुलास यादवले माछापालनका लागि निर्माण गरेको पोखरीमा डुबेर स्थानीय पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया यादव, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्द्रकुमारी भगत, राजगिर पूर्वेकी १३ वर्षीया छोरी मञ्जु पूर्वे, जगरनाथ ठाकुरकी १२ वर्षीया छोरी चान्दनी ठाकुर र उतिम साह तेलीकी १२ वर्षीया नातिनी ललिता साहको पोखरीमा डुबेर मृत्यु भएको थियो । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार