Nepal Face
  • सोमबार, १ मंसिर २०८३
  • सामाजिक अभियान्ता हूँ भन्दै हिड्ने ज्वाला संग्रौला कुटपिटको अभियोगमा पक्राउ


    आइतबार, असार ६ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने ज्वाला संग्रौला प्रहरी कार्यालयमा महिलामाथि कुटपिट गरेको अभियोगमा पक्राउ परेकी छन् ।

    काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार ज्वालासँगै शर्मिला वाइबा र हिमाल उपाध्याय पनि पक्राउ परेका छन् ।

    पीडित खुश्बु घिमिरेले दिएको किटानी जाहेरीका आधारमा उनीहरुलाई अभद्र व्यवहारको कसूरमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    संग्रौलामाथि  ट्राफिक प्रहरी वृत्त, महाराजगञ्जका प्रहरी सहायक निरीक्षक (असई) मणिकान्त झालाई दुर्व्यवहार गरेको पनि आरोप छ ।

    झालाई उनले सरुवा गराइदिने धम्की दिंदै रंगभेदी अभिव्यक्ति दिएकी थिइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार