Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारतमा कोरोना संक्रमितको संख्या ७४ हजार नाघ्यो


    बुधबार, बैशाख ३१ २०७७
    660
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ, ३१ बैशाख । भारतमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या ७४ हजार नाघको छ ।  भारतमा समग्र संक्रमितको संख्या पनि ७४ हजार दुई सय ८१ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा तीन हजार पाँच सय २५ नयाँ संक्रमित फेला परेका छन् ।  

    निको हुनेको संख्या २४ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार अहिलेसम्म भारतमा २४ हजार तीन सय ८५ संक्रमित निको भएर घर फर्केका छन् । पछिल्लो २४ घण्टामा मात्र भारतमा एक हजार नौ सय ३० जना संक्रमित निको भएर फर्किएका हुन् ।

    यद्यपि निको हुनेको संख्याभन्दा थपिएका नयाँ संक्रमितको संख्या धेरै देखिएको छ । 

    भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या दुई हजार चार सय १५ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा एक सय २२ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको हो ।

    भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म सबैभन्दा बढी २४ हजार ४२७ जना संक्रमित पुगेका छन् भने यो राज्यमा अहिलेसम्म ९२१ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।

    गुजरातमा अहिलेसम्म आठ हजार ९०३ जना संक्रमित फेला परेका छन् । गुजरातमा यो भाइरसबाट मृत्यु हुनेको संख्या ५३७ पुगेको छ । मध्यप्रदेशमा अहिलेसम तीन हजार नौ सय ८६ जना संक्रमित हुँदा २२५ जनाको मृत्यु भइसकेको छ ।

    त्यस्तै पश्चिम बंगालमा अहिलेसम्म दुई हजार १७३ जना संक्रमित भइसकेका छन् भने १९८ जना मानिसको मृत्यु भइसकेको छ । उत्तर प्रदेशमा अहिलेसम्म तीन हजार ६६४ जना संक्रमित भेटिँदा ८२ जनाको मृत्यु भएको छ । बिहारमा अहिलेसम्म ८३१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ६ जनाको मृत्यु भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार