Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बाढी–पहिरोबाट १७ को मृत्यु, १७ घाइते, २२ जना बेपत्ता


    शनिबार, असार ५ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । लगातारको वर्षापछि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी जेठ ३० गतेदेखि आज  दिउँसोसम्म १७ जनाको ज्यान गएको छ ।

    बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेहरूमा १० जना पुरुष, ४ जना महिला, २ जना बालक र १ जना बालिका रहेका छन् । तीमध्ये सिन्धुपाल्चोकमा ३ जना, डोटीमा ३ जना, सप्तरी, काभ्रे, गोरखा, जुम्ला, अर्घाखाँची, पाल्पा, कास्की, कालिकोट, बाजुरा, बझाङ र प्युठानमा १–१ जना रहेको प्रहरीले जनाएको छ ।
    बाढी, पहिरो र डुबानमा परी १७ जना घाइते भएका छन् । तीमध्ये १० जना पुरुष, ४ जना महिला, १ जना बालक र २ जना बालिका रहेका छन् । उनीहरुमध्ये सिन्धुपाल्चोकमा ५ जना, म्याग्दी र डोटीमा ३–३ जना, जुम्लामा २ जना, कास्की, स्याङजा, चितवन र सल्यानमा १–१ जना रहेका छन् ।

    यसैगरी बाढी पहिरोमा परी २२ जना बेपत्ता भएका छन् । तीमध्ये १५ जना पुरुष, ५ जना महिला र २ जना बालक रहेका छन् । उनीहरुमध्ये सिन्धुपाल्चोकमा २१ जना र बाजुरामा एक जना रहेका छन् । वेपत्ताको खोजी कार्य जारी छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार